कालिकोटमा शिघ्रकुपोषणको डरलाग्दो अवस्था

Posted on: 22 Jan, 2017

माघ ९, कालिकोट । जिल्लामा सिघ्र कुपोषणको डरलाग्दो अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले रिपोर्ट सार्वजनिक गरेको छ । 

जिल्लामा रहेका छ महिना देखि ५ बर्ष मुनिका करिव ३ हजार ६ सय २५ बालबालिकाहरुमा गरिएको चेकजाच तथा स्वास्थ्य परिक्षणमा करिव २० प्रतिशत बालबालिकाहरुमा कडाकुपोषण रहेको जिल्ला स्वास्थ्य पोषण कार्यक्रमका फोकल पर्शन कटक महतले बताउनु भएको छ ।

सिघ्र कडा कुपोषण भएका बालबालिकाहरुको स्वास्थ्य उपचारका लागि प्रभाववित क्षेत्रका ८ वटा केन्द्र जिल्ला अस्पताल मान्म, प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउ, स्वास्थ्य चौंकी मेहलमुडी, स्वास्थ्यचौकी स्यूना, स्वास्थ्यचौकी धौलागोह, स्वास्थ्यचौकी राचुली, स्वास्थ्यचौकी गेला र स्वास्थ्य चौकी रकुमा संचालित बहिरंग सेवाबाट करिव २ सय २७ जनाले उपचार पाईसकेको र बाकी २ सय ७० जना बालबालिकाको उपचार भैरहेको महतले बताउनु भएको छ ।

सिघ्र कुपोषण भएका बालबालिका मध्य सबैभन्दा बढी करिव ६३ प्रतिशत बालिका रहेको र यसको मुल कारक तत्व लैगिंक विभेद रहेको दावी गर्नु भएको छ । कडा कुपोषण भएका बालबालिकाहरुलाई कम्तिमा ४२ दिन सम्म स्वास्थ्य संस्थामै उपचार गर्नु पर्ने भएपनि पुरा उपचार नगरी विचैमा छाड्नेहरु मध्य करिव ६६ प्रतिशत बालिकाका आफन्त समेत रहेको महतले बताउनु भएको छ ।

कुपोशित बालबालिकाहरुका आफन्तहरुले बच्चाको उपचार भन्दापनि घरायसी कामलाई प्रथामिकता दिने गरेका कारण बालबालिकाको उपचार अवधि पुरा हुन नसकेको महतको भनाई रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!