कालिकोटमा बौलाह कुकुरको विगविगी जिल्ला स्वास्थ्यलाई तनाब

Posted on: 22 Jan, 2017

माघ ९, कालिकोट । जिल्लामा पछिल्लो चरण बौलाह कुकुर र जंगली जनावर स्यालले मानिस तथा अन्य घरपालुवा चौपाया जनावरलाई टोक्न थालेपछि जिल्ला स्वास्थ्यलाई रेबिज भ्याक्सीन उपलब्ध गराउन हम्मे हम्मे भएको छ । 

आजभोली प्राय धेरै जसो ठाउमा कुकुरको टोकाईमा परी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेका र उनी हरुलाई लगाईने रेभिज भ्याक्सीन समेत अपुग हुने हुदा पटक पटक क्षेत्रबाट ल्याईराख्नु परेको जिल्ला स्वास्थ्य महामारी ब्यवस्थापन फोकलपर्शन भानुभक्त संज्याले बताउनु भएको छ ।

केही दिन अगाडी लालु कोटवाडा लगाएतको क्षेत्रमा बौलाह कुकुरको टोकाईका विरामी ह्वात्तै बढी तत्काल औषधी आपूर्तिमा असहजता देखा परेपनि अहिले करिव २० भाईल्स औषधी मौजुदा रहेको र त्यस्तै आपत्कालिन अवस्था आइहालेपनि अल्टरनेट गाडी र औषधी ब्यवस्थापनका लागि आपत्कालिन कोष समेत खडा गरिएको संज्यालले बताउनु भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!