कालिकोटमा प्रक्रिया पुरा नभएका मेडिकलहरु फागुनपछि खारेज हुँदै

Posted on: 22 Jan, 2017

माघ ९, कालिकोट । प्रक्रिया पुरा नगरि जिल्लाभर संचालनमा आएका मेडिकल, तथा हेल्थ केयर सेन्टरहरु माघ मसान्त पछि खारेज गरिने जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागको निर्देशन तथा जिल्लामा हुने स्वास्थ्य सेवाको शुद्धता प्रदार्नका लागि अबैध रुपमा संचालन भएका मेडिकल तथा क्लिनिकहरु बन्द गर्ने तयारी रहेको जिल्ला स्वास्थ्यले जनाएको हो ।

जिल्लामा हाल संचालनमा आएका यस्ता स्वास्थ्य संस्थाहरु माघ मसान्त भित्र आफ्नो सेवाको प्रक्रिति र यसको दर्ता प्रक्रिया र सम्बन्धित निकायमा माघ मसान्त भित्र दर्ता हुन सूचना जारी गरिसकेकाले माघ मसान्त भित्र दर्ता प्रक्रियामा आई बैधानिक हुन समेत जिल्ला स्वास्थ्य प्रमुख कौशल अलिले आग्रह गर्नु भएको छ । 

जारी गरिएको सूचना र अुनरोधलाई ब्यवास्था गरी मनमानी ढंगले चल्न खोजे प्रहरी प्रशासनलाई अनुरोध गरेर भएपनि खारेज तथा बन्द प्रक्रिया अगाडी बढाउने स्वास्थ्य प्रमुख अलिले बताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!