बिद्यार्थीद्वारा १ सय २० बढी जडिबुटीको अवलोकन

Posted on: 29 Dec, 2016


दलसिंह गिरी/पुस १४, कालिकोट । विद्यालयमा विद्यार्थीहरुको पढाई सिकाईलाइ थप प्रभावकारी गराउन शान्तिकोट आधारभूत विद्यालय मेहलमुडीले शैक्षिक भ्रमण गरेको छ । 

कक्षामा पढाई हुने सामाजिक र विज्ञान विषयमा आधारित रही विद्यार्थीको पढाई सिकाईमा थप ज्ञान हासिल गराउने उद्देश्यले विद्यालयले शैक्षिक भ्रमण गरेको हो ।

विद्यालय देखि मेलमुडीकै किनारासी, बथानमाईकोट, बाद हुदै बालपाटा सम्मको भ्रमणमा १ सय २० बढी जडिबुटी ६० बढी चाराचुरुंगी, ५ बढी जंगली जनावर र २ वटा सास्कृतिक सम्पदा कोटेलीमाई र मागवौर बागगुफाको प्रत्यक्ष अवलोकन विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर शाहीले बताउनु भएको छ ।

शैक्षिक भ्रमणमा कक्षा १ देखि ५ सम्मका बालबालिका सहभागि भई बालबालिकाले भ्रमणमा अवलोकन गरेका विषय बस्तु र उनीहरुले राखेका जिज्ञासाहरुको अवलोकन स्थलमै प्रस्टपारेको शिक्षक शाहीले बताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!