सिद्धिचरण नगरपालिकामा चञ्चल

Posted on: 06 Dec, 2016


मङ्सिर २१, ओखलढुंगा । ओेखलढुंगाको सिद्धिचरण नगरपालिकामा करिब ४ महिना पछि कार्यकारी अधिकृतको आगमन भएको छ । तत्कालिन नगर अधिकृत राजन घिमिरे अध्ययनका लागि जापान गएपछि साउन मसान्त देखि रिक्त रहेको अधिकृत पदमा चञ्चल कुमार खड्का आउनु भएको हो । 

मन्त्रालयले करिब ४ महिना सम्म सिद्धिचरण नगरपालिकामा अधिकृत नपठाउँदा कार्यालयको दैनिक कामकाज र विकास निर्माणको काम प्रभावित भएको थियो । नयाँ नगर अधिकृत आएसँगै रोकिएका कामहरु सुरु भएका सिद्धिचरण नगरपालिकाको कार्यालयले जनाएको छ । यसैबिच बुधबारबाट नगर अधिकृतको जिम्मेवारी सम्हाल्नु भएका खड्काले सिद्धिचरण नगरपालिकालाई सम्बृद्ध बनाउन लागि पर्ने प्रतिवद्धता जनाउनु भएको छ । विहिबार भएको भेटघाट तथा स्वागत कार्यक्रममा कार्यकारी अधिकृत खड्काले सबैको साथ र सहयोग पाएमा नगरपालिकामा आफ्नो कार्यकालमा निकै उपलब्धीमुलक कामहरु गर्ने बताउनु भएको हो ।

कार्यक्रममा दलका नेता सहितका सरोकारवालाहरुले सिद्धिचरण नगरपालिका स्थापना भएको लामो समय भईसके पनि नगरपालिकाबाट अपेक्षीत काम हुन नसकेको भन्दै जिम्मेवार भएर उपलब्धीमुलक काम गर्न नगर अधिकृत खड्कालाई आग्रह गरेका छन् । विकास र रुपान्तरणमा जस्तो सुकै सहयोग गर्न तयार रहेको दलका नेताहरुले बताएका थिए । नगर भित्रका सामान्य काम समेत गर्न नसकेको भन्दै सिद्धिचरण नगरपालिकाको आलोचना हुने गरेको भिजन नेपाल ओखलढुंगा साप्ताहिकमा खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!