शैक्षिक तथा खेलकुद सामाग्री वितरण

Posted on: 20 Nov, 2016

दिलसागर विक

पर्वतको ठानामौला गाविसमा रहेका विद्यालयमा अध्ययन गर्दै आएका बिधार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरीएको छ ।

जिल्लामा क्रियाशिल सामाजिक सस्था सोडेक नेपालको सानाकिसान उद्यम सवलिकरण परीयाेजना अन्तर्गत हेफर इन्टरनेशनल नेपालको सहयोग तथा ठानामौला गाविसको साझेदारिमा जनज्योति माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि माध्यामिक तहका सम्पुर्ण विद्यार्थीहरुलाई झोला र गाविस भित्रका सम्पुर्ण विध्यालयमा अध्यनरत बिधार्थीहरुलाई शैक्षिक सामाग्रि तथा विभिन्न खेलकुदका सामाग्री वितरण गरीएको हो ।
कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाविस सचिव कृष्ण प्रसाद पौडेलले सोडेक नेपालले गाविसमा संञ्चालन गरेको परीयोजनाकै कारण विभिन्न कार्यक्रम पारर्दशि रुपमा सञ्चालन हुदै गएको तथा लक्षित वर्गको रकम सहि ठाउँमा सदुपयोग हुदै गएको वताउनु भयो । त्यस्तै उहाँले आगामि दिनमा पनि गाविसले सहयोगि संस्थाहरु सगँ सहकार्य गर्दै अघि वढ्ने प्रतिवद्धता जनाउनु भयोे । त्यस्तै सोडेक नेपालका अध्यक्ष मनबहादुर कुँवरले यस परीयोजनाले विपन्न वर्गका समुदायका विपन्न महिलाहरुकोे आयआर्जन वृद्दि गर्न विभिन्न समयमा कृषकहरुलाई कृषि सामार्गी र विध्यालयको शैक्षिक अवस्था वलियो वनाउन शैक्षिक सामाग्रि सहयोग गर्दै आएको र आगामि दिनमा पनि सस्थाले सामाजिक क्षेत्रमा कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो । सोडेक नेपाल पर्वतले यसभन्दा पहिले पनि ठानामौला, तथा भंगरा गाविसका ७६५ घर परीवारलाई आयआर्जनको लागि १५ हजारको दरले रकम वितरण गरेको समेत कँुवरले वताउनु भयो ।
कार्यक्रममा जनज्योति माविका प्रअ बासुदेव शर्म, अहिंसावादी रेडियो पर्वतका स्टेशन म्यानेजर शंकर शर्मा,टेलिमेडिसियन ठानामौलाका म्यानेजर रोशन गुरुङ, स्थानिय शान्ति समिति ठानामौलाका संयोजक विष्णु सुवेदि, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयको थियो ।
जनज्योति माध्यमिक विध्यालयका प्रधानध्यापक वासुदेव शर्मा को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक।कुल प्रसाद शर्मा र सञ्चालन शिक्षकहरु झमबहादुर थापा र शुसिल श्रेष्ठले गर्नुभएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!