डडेल्धुराको ठुलो जाँत वडाल जाँतको मेला भब्य रुपमा सम्पन्न, हजारौ भक्तजनद्धारा अवलोकन

Posted on: 10 Nov, 2016

ललित बोहरा /कार्तिक २५ डडेल्धुरा । डडेल्धुराको ठुलो जाँत (मेला) मध्येको वडाल जाँतको मेला हजारौ भक्तजनहरुले दर्शनगरि मेला सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक ठुली दशमीका दिन यो मेला लाग्ने गर्दछ । सुक्ल नवमीका राति  पुजा गरि, जागा्रम वसेर दोस्रो दिन विहान देखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पुरा हुने भन्ने जनविश्वास रहिआएको छ । सुदूरपश्चिमकै सबै भन्दा वढी दाईन दमाउ र भोक्कर वजाउने मेलाका रुपमा समेत यो मेला प्रशिद्ध रहेकोछ । मेला भर्न डडेल्धुराका विभिन्न क्षेत्र, डोटी, बैतडी र भारतको उत्तराञ्चल प्रदेशवाट समेत भक्तजनहरु मेला भर्न आएको मेला व्यस्थापन समितिका अध्यक्ष चन्द्र वहादुर देउवाले बताउनु भयो । अरु बर्षको तुलनामा यस बर्ष बन्द हडताल तथा मेला लाग्ने स्थान सम्म गाडी पुगेकाले दर्शनाथीहरुको संख्या उल्लेख्य रहेको समितिका अध्यक्ष देउवाले वताउनु भयो । यस मेलामा स्थानियहरुको उत्पाद अहिले पनि साटासाट हुने गर्दछ । स्थानिय कृषहरुको उत्पादन भिमरो, रंञा, प्याजका विरुवा, विभिन्न दाल, मनानि पाथन, हलो जुवा लगायतका वस्तुहरु समेत मेलामा विक्रि गर्न राखिएको समेत मेला व्यवस्थापन समितिले जनाएको छ । सुदूरपश्चिमका विभिन्न क्षेत्रमा तिहरा लगत्तै हरेक दिन मेला लाग्ने गर्दछन् । यस्तै चतुदर्शिका राति डडेल्धुराको महाभारत क्षेत्रमा पर्ने धुरामा रहेको भागेश्वर मन्दिरमा कार्तिक २७ गते राती भव्य मेला लाग्ने मेला व्यवस्थापन समितिले जनाएको छ ।

    भागेशवर मन्दिरमा पुजा आराधान गरे निसन्तानले सन्तान पाउने जनविश्वास रहेको छ । विभिन्न समयमा निसन्तानहरुले सन्तापाएका उदाहरण रहेको पुजारी चन्द्रप्रशाद जैशीेले बताउनु भयो । यसै गरि यसवर्ष यस क्षेत्रकै सबै भन्दा ठुलो उग्रतारा भगवतीको मेला कर्तिक २८ गते रतेडी र २९ गते दिउसेडी मेला लाग्ने उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेज वहादुर साकीले वताउनु भयो । योमेला कार्तिक शुक्ल पूर्णीमाको रातमा रतेडी र दोसा्रे दिन दिउसेडी लाग्ने मेलाको तयारी तिव्ररुपमा भईरहेको उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेज वहादुर साकीले वताउनु भयो । मेलाको दुई दिन उग्रतारा क्षेत्रको दुई किलो मिटर क्षेत्रमा मदिरा निशेधित क्षेत्र समेत कायम गरिएको छ । मेलालाई व्यवस्थीत गर्न वाक्लो सुरक्षा व्यवस्था गरिने सुरक्षा समितिले जनाएको छ ।

    यसै गरि बैतडीको रणशैनीको नामले परिचित त्रिपुरासुन्दरी भगवती मन्दिरमा कार्तिक शुक्ल सप्तमीबाट शुरु भएको मेला मंगलबार बलिसहित बिशेष पूजा गरेर सम्पन्न भएको हो । माता रणशैनीको नामले परिचित त्रिपुरासुन्दरी भगवती मन्दिरमा मंगलबार ८० रांगा र २०० बढी बोकाको बलि दिइएको छ । मेलामा नेपालका साथै सीमावर्ती भारतको पिथौरागढ जिल्लाबाट हजारौं दर्शनार्थीहरुले दर्शन गरेका छन् । त्रिपुरासुन्दरीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । मेलालाई मर्यादित बनाउनका लागि मेला व्यवस्थापन समितिले मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो । त्रिपुरासुन्दरी भगवतीको मेला शान्तपूर्ण रुपमा सम्पन्न भएको मेला व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर चन्दले जानकारी दिनुभयो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!