बैशाख २३, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो ।
पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो ।
अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो । तर, मुद्दाको सुनवाइ हुनेमा सन्दीपका कानून व्यवसायी ढुक्क थिएनन् ।
यस अघि पटक पटक 'हेर्न नभ्याइने' मा परेको यो मुद्धा आज ' हेर्न नमिल्ने' मा राखिएको छ ।
यस मुद्धामा यस अघि झगडिया झिकाउन र गौशालाको जन्ममितिको विवरण झिकाउन आदेश दिइएको थियो ।
काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन । त्यस्तै जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयपनि पत्न उच्च अदालतमा पुनरावेदनमा गएको छ । उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाई अगाडी बढाएको छ ।
यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी (झगडिया झिकाउने) आदेश दिएका थिए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!