कुशल भुर्तेलले लिए पीएनजीको पाँचौँ विकेट

Posted on: 13 Mar, 2024

फागुन ३०, काठमाडौँ । हङ्कङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी (पीएनजी) को पाँचौँ विकेट लिएको छ । पीएनजीको पाँचौँ विकेट कुशल भुर्तेलले लिएका हुन् ।

उनले पीएनजीका छैटौँ नम्बरका ब्याट्सम्यान हिला भारेलाई एलबीडब्लूको धरापमा पारेका हुन् । पेभेलियन फर्किनुअघि हिलाले २१ बलमा दुई चौकाको मद्दतले १८ रन बनाएका थिए । ११.५ ओभरमा उनी आउट हुँदा पीएनजीले ९१ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!