पुलिसलाई हराउँदै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा

Posted on: 27 Feb, 2024

फागुन १५, काठमाडौँ | मछिन्द्र फुटबल क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

मंगलबार सम्पन्न खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

मछिन्द्रको जितमा क्रिस्टोफर चिजोबाले २ गोल गरेका थिए भने स्टेफेन बिनोंगले एक गोल गरेका थिए । त्यसैगरी पुलिसका कप्तान रामचन्द्र वाजीले एक गोल आत्मघाती गोल गरेका थिए ।

यस खेलमा खेलको ९३औं मिनेटमा मछिन्द्रका ओमोलाजा करीमले रातो कार्ड पाएका थिए । 

अब सेमिफाइनलमा मछिन्द्रले मानेभन्ज्याङ एफसीको सामना गर्ने छ । सेमिफाइनल खेल विहिबार हुने छ ।

  

यस बिषयमा तपाइको प्रतिक्रिया...!