चितवनमा खाना पकाउने ग्यास पड्‌किँदा एकजनाको मृत्यु

Posted on: 16 Jan, 2024

माघ २, चितवन | चितवनमा खाना पकाउने ग्यास सिलिण्डर पड्‌किँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर  सिलिण्डर पड्‌किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । 

स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!