मङ्सिर २५, नवलपुर । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका-४ पिडरीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
लु ४ त ५५०५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मकवानपुर जिल्ला मनहरी गाउँपालिका-६ बस्ने २४ वर्षका विशाल प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार नदीजन्य पदार्थ बोकेको ट्याक्टर अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!