पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on: 01 Nov, 2023

कार्तिक १५, दाङ | दाङमा तरकारी बोकेको पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु र एक जना घाइते भएको छ।

मंगलबार बेलुका लु ३ च ३८५३ नम्बरको तरकारी बोक्ने पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेलाका २४ वर्षीय श्रवणकुमार यादवलाई उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको दाङका एसपी रामबहादुर केसीले जानकारी दिए।

भने दुर्घटनामा परि घाइते भएकी राजपुर – २ की  २६ वर्षीया सविना यादवलाई लमही अस्पतालमा उपचार भइरहेको एसपी केसीले बताए । ठक्कर दिने गाडी र  चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!