चितवन–२ का कांग्रेस उम्मेदवार श्रेष्ठको गाडी तोडफोड, कसले गर्यो गाडी तोडफोड ?

Posted on: 16 Nov, 2022

कात्तिक २९, चितवन | चितवन–२ का कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको छ । चुनाव प्रचारको क्रममा चितवनको भरतपुरमा पुगेको श्रेष्ठको कारमाथि बुधबार  बिहान आक्रमण भएको जिल्ला प्रहरी कार्यालय भरतपुरले जनाएको छ ।

चितवनमा उमेश श्रेष्ठको गाडी तोडफोड – Nepal Press

प्रतीक्षा टोलमा रोकिराखेको कारमाथि बा. ३ च २०५० नम्बरको प्राडोमा एक समूहले ढुंगामुडा गरेका हुन् । सरकारका राज्मन्त्रीसमेत रहेका श्रेष्ठको गाडीमाथि ढुंगामुडा हुन थालेपछि प्रहरीले उनीहरूलाई लखेटेका थिए ।

अहिलेसम्म कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ । यसअघि चितवन–२ कै उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गाडीमाथि ढुंगा प्रहार गरी तोडफोड गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!