भरतपुर महानगरमा गठबन्धनबाट रेनु एमालेका विजयभन्दा १ हजार ७१२ मतले अगाडि

Posted on: 18 May, 2022

जेठ ४, भरतपुर | भरतपुर महानगरमा गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले १ हजार ७ सय १२ मतले अग्रता बढाएकी  छन् । २७ हजार ४३८ मत गन्दा दाहालले ९ हजार ९७० मत ल्याउँदै अग्रता बढाएकी हुन् ।

त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार २५८ मतले पछ्याउँदैछन् । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत ल्याएका छन् । 

उपमेयरका चित्रसेन अधिकारीले ११ हजार ९५६ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ६ हजार ७४२ मत पाएकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!