भरतपुरको मेयरमा एमाले उम्मेदवार विजयभन्दा २५५ मतले अगाडि रेणु

Posted on: 17 May, 2022

जेठ ३, चितवन | भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रका रेणु दाहालले एमाले उम्मेदवार विजय सुवेदीभन्दा २५५ मतले अग्रता लिएकी छन् । २० हजार ४ सय ९५ मत गणना गर्दा दाहालले ६ हजार ९ सय २७ मत ल्याउँदै अग्रता लिएकी हुन् ।

त्यस्तै एमालेका विजय सुवेदीले ६ हजार ६ सय ७२ मत ल्याएर पछ्याउँदै छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३ सय ९१ मत ल्याएका छन् । 

यस्तै उपमेयरतर्फ गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारी ८ हजार ४ सय २८ मतसहित अघि छन् । त्यस्तै एमालेका हिमला गुरुङः ५ हजार ५०० मत ल्याएर उनलाई पछ्याउँदै छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!