भरतपुर महानगरको मत परिणाम : रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै

Posted on: 17 May, 2022

 जेठ ३, चितवन | भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले आफ्नो मतान्तर बढाउदै अग्रतालाई निरन्तरता दिएकी छन् । नेकपा (एमाले)का विजय सुवेदीलाई २ सय ४६ मतान्तरले पछाडि पार्दै माओवादीकी रेणुले अग्रतालाई निरन्तरता दिएकी हुन् ।

२० हजार ८८ मत गन्दा रेणु दाहालले ६ हजार ७ सय ९४ मत प्राप्त गरेकी छन्, भने एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार ५ सय ४८ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३ सय ९ मत प्राप्त गरेका छन् ।

यसका साथै भरतपुर महानगरको उपमेयरमा पनि कांग्रेसका चित्रसेन अधिकारीले अग्रतालाई निरन्तरता दिएका छन् । उनले ९ हजार  २ सय ४८ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले ५ हजार ३ सय ८८ मत  प्राप्त गरेकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!