भरतपुर महानगर मत अपडेट : पुनः माओवादी केन्द्रकी रेणु दाहालको अग्रता

Posted on: 16 May, 2022

जेठ २, काठमाडौँ | भरतपुर महानगरपालिकामा पुनः माओवादी केन्द्रकी रेणु दाहाल अघि परेकी छन्। एमाले उम्मेदवार विजय सुवेदी र रेणु एकपछि अर्को गर्दै अघिपछि भइरहेका छन्। उनी एमालेका विजय सुवेदीभन्दा ३ मतले अघि परेकी छन् | १५ हजार ९ सय ३३ मतपत्रको गणना गर्दासम्म माओवादी केन्द्रकी रेणुले ५ हजार ३ सय १३ मत ल्याएकी छन भने नेकपा एमालेका विजय सुवेदीले ५हजार ३ सय १० मत ल्याएका छन् | त्यस्तै स्वतन्त्रबाट जगन्नाथ पौडल २ हजार ५ सय ३६ मत प्राप्त गरेका छन् |

यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ६ हजार ४ सय २ मतसहित अग्रता लिएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङको ४ हजार २ सय ९८ मत प्राप्त गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!