फागुन ८, काठमाडौं | सरकारका प्रवक्ता एवम सुचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको अडियो क्लिप सार्वजनिक भएको छ | एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको दुई मिनेट ३४ सेकेन्डको अडियो सार्वजनिक भएको हो |
स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कसरी बढी कमिसन लिन सकिन्छ भन्ने कुरा गरेको देखिन्छ | एजेन्ट मिश्रले बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने बताएका छन् | ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने उनले बताएको अडियोमा सुनिन्छ | प्रधानमन्त्री ओलीका विश्वसनीय पात्र मानिएका सरकारका प्रवक्तले नै कमिसनकोलागि बार्गेनिङ गर्नुले सरकार भ्रष्टाचारमा डुबेको प्रष्ट देख्न सकिन्छ |
अहिले प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भनेर गरेका भाषणलाई यस्ता घटनाले मजाक उडाईरहेका छन् | अन्य प्रकरणमा जस्तै ओलीले यसमा पनि मन्त्रीलाई कारबाही गर्छन कि उन्मुक्ति दिन्छन त्यो भने हेर्न बाँकी छ |
हेर्नुहोस सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मागेको अडियो:
यस बिषयमा तपाइको प्रतिक्रिया...!