कांग्रेसमा प्रवेश गरेको हल्लामा मात्र: यज्ञराज भट्ट

Posted on: 27 Nov, 2017

भास्कर के.सी./मङ्सिर ११, कञ्चनपुर । नेकपा माओबादी केन्द्रका नेता यज्ञराज भट्टले नेपाली कांग्रेसमा प्रवेश गरेको कुरा निराधार रहेको बताएका छन् ।


बाम गठबन्धनका वडा नं. १५ का निर्वाचन परिचालन समितिको संयोजकसमेत रहेका भट्टलाई नेपाली कांग्रेस पार्टीले आफ्नो पार्टीमा प्रवेश गरको भनेर भ्रमात्मक समाचार सम्प्रेषण गरेको भन्दै उनले प्रेस विज्ञप्ती निकालेर त्यसको खडन गरेका छन् । 

उनेले भने- 'मलाई केही नेपाली काग्रेसका व्यक्तिहरुले जबरजस्ती गरेको हुदाँ गएको हु, तर अब म बाम गठबन्धनका उम्मेदवारलाई विजय गराउन पूर्णरुपमा लाग्ने प्रतिबद्धता व्यक्र गर्दै माओवादी केन्द्रमै छु' । आफु वडा नं. १५ का सम्पुणंपार्टी पंक्ती तथा मतदाताहरुमा नेकपा (माओवादी केन्द्र) पार्टीमै रहेको उनले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!