एमाले अछामद्वारा प्रदेश सभा सदस्यका लागि कुँवरको नाम सर्व सम्मत

Posted on: 03 Oct, 2017

कमल रावल/असोज १७, अछाम । नेकपा एमाले अछाम १ नं. प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक आज साँफेबगरमा सम्पन्न भएको छ । 


क्षेत्रीय समन्वय कमिटी संयोजक जंग बिकको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सभा चुनावका लागि पार्टी प्रदेश अनुसाशन कमिटी सदस्य गोबिन्द कुँवरको नाम सुझाव स्वरुप जिल्ला कमिटीमा पठाउने सर्वसम्मत निर्णय गरेको छ । 

बैठकमा एमाले जिल्ला अध्यक्ष शेर बहादुर कुँवर, प्रदेश संगठन कमिटी सदस्य तथा साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवर, मिना साउँद, प्रदेश आर्थिक बिभाग सदस्य मिन बहादुर कुँवर, वन तथा बातावरण बिभाग केन्द्रिय सदस्य देव बहादुर कुँवर, एमाले जिल्ला सदस्य अमृता खड्का, विर्मला बुड्थापा, पशुपति कुँवर, शिलोज कुवर, बालागिरी कुँवर, राम बहादुर आउजि, लाल बहादुर खड्का, प्रकाश शाह, चौरपार्टी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँद लगायतको उपस्थिती रहेको थियो । बैठकको सञ्चालन सचिव हिक्मत कुँवरले गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!