प्युठानका सरुमारानी र मल्लरानी गाउँपालिकामा मतगणना जारी (अपडेट)

Posted on: 29 Jun, 2017

असार १५, प्युठान | जिल्लको सरुमारानी र मल्लरानी गाउँपालिकामा मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार सरुमारानी गाउँपालिकामा माओवादी केन्द्र अग्रस्थानमा छ । एमाले दोस्रो र कांग्रेस तेस्रो स्थानमा छ । 

मल्लरानी गाउँपालिकामा नेकपा एमाले प्रमुख, उमप्रमुखमा नै अगाडि छन् । मल्लरानी गाउँपालिकामा एमालेको अध्यक्षमा १०३ र उपाध्यक्षमा १०४, राष्ट्रिय जनमोर्चाको अध्यक्षमा ६४ र उपाध्यक्षमा ६२, कांग्रेसको अध्यक्षमा ५२ र उपाध्यक्षमा ५३ तथा माओवादी केन्द्रको अध्यक्षमा माओवादी केन्द्र ४९ र उपाध्यक्षमा ५१ मत आएको छ । 

यस्तै सरुमारानी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रको अध्यक्षमा २२७ र उपाध्यक्षमा २२४, नेपाली कांग्रेसको अध्यक्षमा १६८ र उपाध्यक्षमा १६८ मत आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!