शे-फोक्सुण्डो गाँउपालिका प्रमुखमा निर्बिरोध

Posted on: 03 May, 2017


टेक शाही/बैशाख २०, डोल्पा । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता डोल्पाका सबै गाँउपालिका र नगरपलिकामा शान्तीपूर्ण सकिएको छ । 

माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाँउपालिकामा नेकपा एमालेका टासिटुण्डुप गुरुङ्गको एक्कल उम्मेद्धारि परे पछि निर्बिरोध चयन हुने भएका छन । निर्वाचन आयोगले बिहान १० बजे देखि बेलुकी ५ बजे सम्मको समय दिएको थियो । 

उक्त समयमा  शे–फोक्सुण्डो गाँउपालिकामा अन्य कुनै पनि दलको उम्मेद्धारि नपरेपछि टासिटुण्डुप एक्ला उम्मेद्धार भएका हुन । 

शे–फोक्सुण्डो गाँउपालिकामा टासि अध्यक्षमा एक्ला उम्मेद्धार भए पनि उपाध्यक्षमा ३ जनाको उम्मेद्धारि परेको छ । उम्मेद्धारको नाम हाल सम्म जिल्लामा आइनसकेको र ९ वटै वडामा वडा अध्यक्ष पनि निर्बिरोध चयन हुने गरि उम्मेद्धारि परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ । 

सञ्चार सेवा नभए पछि माथिल्लो डोल्पाका ३ वटा गाँउपालिका र अन्य गाँउपालिकाको पनि आधिकारिक जानकारि आउन सकेको छैन । भने माथिल्लो डोल्पामा एमाले बाहेक अन्य राजनितिक दलले लगभक उम्मेद्धार नै नपाएको पनि स्थानियहरुले जानकारि दिएका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!