कांग्रेसको पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बस्दै

Posted on: 12 Mar, 2024

फागुन २९, काठमाडौं | नेपाली कांग्रेसको पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बस्दैछ ।

प्रतिपक्षमा पुगे पछि पार्टीले संसदमा खेल्नु पर्ने भुमिकाको बिषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

बैठक दिउँसो ३ बजे देउवा निवास, बुढानिलकण्ठमा बस्नेछ। 

सो बैठकमा संसदमा प्रतिनिधित्व गर्न पार्टीका पदाधिकारी र पुर्व पदाधिकारी मात्रै उपस्थित रहने छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!