माइतीघरबाट डा. गोविन्द केसीसहित ७ जना प्रदर्शनकारी पक्राउ

Posted on: 06 Jan, 2024

पुस २१, काठमाडौं | माइतीघर मण्डलबाट चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीसहित सात जना प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ।

सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने, सबै नेपालीलाई स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायतका माग राखी डा. केसी सहितका युवाले शनिबार माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन गरेका थिए।


उनीहरूले निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। यो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला गर्न रोक लगाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!