कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

Posted on: 06 Jan, 2024

पुस २१, काठमाडौँ | नेपाली कांग्रेसले आजका लागि बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल गर्न दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश भोलि दिउँसो १ बजेका लागि सारिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!