बालकोटमा ओलीसँग झण्डै एक घण्टा रविको भेट, के भयो कुराकानी ?

Posted on: 05 Jan, 2024

पुस २०, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा भएको भेटघाटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा सामान्य छलफल भएको रास्वपा उपसभापति डीपी अर्यालले बताए ।

उनले भने, ‘उहाँहरूबीच भेटवार्ता नभएको लामो समय भएको थियो । संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुबीच भेटवार्ता हुन सामान्य हो । तर, कुनै एजेण्डा होइन।’

रवि बालकोटबाट करिब एक घण्टाको छलफलपछि फर्किएका छन् । राष्ट्रियसभामा एमालेलाई समेट्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावले गठबन्धन दलमा असन्तुष्टि बढेको बेलामा दुई नेताबीचको भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ । ओलीले आजै पार्टीको सचिवालय बैठक पनि राखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!