मन्त्री अनिता देवीले पुलिस क्लबमै थालिन् अनसन

Posted on: 01 Jan, 2024

पुस १६, काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले अनसन थालेकी छन् । जनमत पार्टीको ‘राष्ट्रिय धोती दिवस’ को र्‍यालीमा र्‍याली निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि अनितासहितका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।

उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

धोतीलाई राष्ट्रिय पोशाकको मान्यता दिन, पक्राउ परेकाहरूलाई छाड्नुपर्नेलगायतका माग राखेर मन्त्रीले अनसन थालेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बताए ।

निषेधित क्षेत्र माइतीघरमा जान लागेपछि मन्त्रीसहित जनमत पार्टीका अध्यक्ष सके राउत, पार्टी उपाध्यक्ष तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानलगायत करिब सय जनालाई पक्राउ गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!