पुस १६, काठमाडौँ | देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्रै तीन युवाले अर्धनग्न प्रदर्शन गरेका छन्।
प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरु मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टीका कार्यकर्ताहरु रहेको प्रहरीले जनाएको छ।
उनीहरुले शरीरको माथिल्लो भागमा नो एमसीसी, स्टप मर्डर, नो एनसेल र सेभ द नेसन लेखेको पर्चा टाँसेका थिए।
यस बिषयमा तपाइको प्रतिक्रिया...!