सेउती पुल नजिक गोली हानी एक जनाको हत्या गरेको आरोपमा २ जना पक्राउ

Posted on: 02 Aug, 2023

साउन १७, भोजपुर | सुनसरीको धरानको सडक खण्डमा दिउँसै गोली हानि एक जनाको हत्या गर्ने समूह मध्येका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीलाई गोली हानेको आरोपमा घटना भएको १२ दिन पछि २ जनालाई पक्राउ गरेको हो ।

धनकुटाबाट फर्कने क्रममा सेउती पुल नजिक मोटर साइकल रोकेर बसेका चौधरीलाई गोली हानि हत्या गरेको आरोपमा पक्राउ परेका आरोपीहरूको साथबाट पेस्तोलसहित समेत बरामद गरेका सुनसरी प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले उनीहरूलाई आज सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए ।

साउन ५ गते चौधरीमाथि धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो ।

साथीसँग मूल घाटबाट विराटनगर आउने क्रममा जङ्गलमा उनको दाहिने कोखमा गोली लागेको थियो ।

उपचारको क्रममा बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । आरोपीको नाम सार्वजनिक भएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!