कर्णाली प्रदेशसभाको आजको बैठक स्थगित

Posted on: 29 Jun, 2023

असार १४, सुर्खेत | कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक विशेष कारणवश हुन नसकेको भन्दै प्रदेशसभा सचिव जीवराम बुढाथोकीले सूचना जारी गरेका छन् ।

प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने सचिव बुढाथोकीले जानकारी दिए ।

बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । बजेट पैतृक सम्पत्ति जसरी बाँडेको भन्दै एमालेले संसदमा अवरोध गर्दै आएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!