चितवन-२ मा नागरिक उन्मुक्तिका अधिकारी र राप्रपाबाट पुरीको उम्मेदवारी दर्ता

Posted on: 03 Apr, 2023

चैत २०, चितवन | वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन-२ मा नागरिक उनमुक्ति पार्टीबाट राजेश अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट जीवलाल पुरीले उम्मेदवारी दर्ता गराएका छन् ।

नागरिक उनमुक्ति पार्टीबाट राजेश अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जीवलाल पुरी । पुरी राप्रपाका चितवन उपाध्यक्ष हुन् । त्यसैगरी जय जन्मभूमि पार्टी नेपालबाट प्रेमबहादुर खड्काको उम्मेदवारी दर्ता भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन-२ बाट निर्वाचित भएका थिए । नागरिकता विवादमा अदालतले उनको सांसद पद खारेज गरेपछि चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!