रास्वपालाई सरकारमा ल्याउन 'प्रचण्ड' माथि ओलीको निरन्तर दबाब

Posted on: 13 Feb, 2023

फागुन १, काठमाडौँ | सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई निरन्तर दबाबमा पारेका छन् । एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका दाहालविरुद्ध ओली सुरुदेखि नै हाबी हुँदै आएका छन् । 

अझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि ओलीले दाहालमाथि थप दबाब खडा गर्दै आएका छन् । नागरिकता विवादमा सर्वोच्चबाट फैसला आएपछि सबै पद गुमाएका रवि लामिछानेलाई पुनः सरकारमा फिर्ता ल्याउन ओलीले निरन्तर दबाब दिँदै आएका हुन् । ओलीले आफ्नो नेतृत्वमा रहेको उच्चस्तरीय संयन्त्रमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रास्वपाको साथ पाएका छन् । आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा ओलीले रास्वपालाई पुनः सरकारमा सहभागी गराउन आग्रह गरे । यो समाचार नागरिक दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!