दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, भेरी नदीमा मोटरसाइकल डुब्यो

Posted on: 11 May, 2024

बैशाख २९, सुर्खेत । सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रहेका छन् ।
आज बिहान ७ः१५ बजेतिर सिम्ता गाउँपालिका–३ स्थित छिन्चु–जाजरकोट सडक खण्डमा नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको क.प्र.–०३–००१प–०३७९ नं. को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
सो दुर्घटनामा परेर रुकुम पश्चिम चौरजहारीका ३० वर्षीय भुवन केसीको  मृत्यु भएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ।
नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकलका चालक समेत रहेका केसीको घटनास्थलमै मृत्यु भएको हो । यद्यपि उनको मोटरसाइकल भेरी नदीमा खसेकाले अहिलेसम्म फेला परेको छैन । केसीको शव भने नदीको छेवैमा फेला परेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!