गठबन्धनबाट भावी प्रधानमन्त्री को ?

Posted on: 14 Nov, 2022

कात्तिक २८, काठमाडौं | आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेतमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ । यद्यपि, सो गठबन्धनले जितेमा कांग्रेस सभापति शेरबहादुर देउवा नै पुनः प्रधामन्त्री हुने अनुमान गरिएको छ । तर, सो गठबन्धनमा भावी प्रधानमन्त्रीका लागि पाँच जनाले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।

उता एमाले नेतृत्वमा रहेको गठबन्धनले चुनावमा बहुमत ल्याएमा भने एमालेका अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निश्चित छ । एमालेले ‘मंसिर ४, ओली सरकार’ भन्दै आपूmहरूले जितेमा ओली नै पाँच वर्षका लागि प्रधानमन्त्री हुने भन्दै सोहीअनुसार प्रचारप्रसारलाई देशव्यापी बनाइरहेको छ ।


आगामी ४ मंसिरमा हुने आमनिर्वाचनपछि को प्रधानमन्त्री बन्ला भन्ने सर्वत्र जिज्ञासा बढिरहेको अवस्थामा सत्तारूढ गठबन्धनले भने प्रधानमन्त्रीको निर्विकल्प उम्मेदवार छान्न सकेको छैन । सत्तारूढ दलभित्रै प्रधानमन्त्रीका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पुर्व महामन्त्री शशांक कोइराला, कांग्रेस नेता शेखर कोइराला प्रधानमन्त्रीको दाबेदारका रूपमा देखिएका छन् । यस्तै, गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनावपछिको प्रधानमन्त्रीको दाबेदारका रूपमा रहेका छन् ।

भइसकेको हुन सक्ने स्रोतको दाबी छ । कांग्रेसका प्रवक्ता रामशरण महतले भने चुनावपछि गठबन्धनले बहुमत ल्याएमा कांग्रेस सभापति देउवा नै प्रधानमन्त्री हुने बताउँदै आएका छन् ।

उता तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अबको प्रधानमन्त्री आफंै हुने दाबी गर्दै हिँडिरहेका छन् । उनले भोट माग्दा पनि यसपटक निर्वाचन जितेमा आपूm मुलुकको प्रधानमन्त्री बन्ने भएकाले मतदातालाई भोट दिन आग्रह गर्दै हिँड्ने गरेका छन् । यस्तै, काठमाडांै क्षेत्र नम्बर ४ मा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका महामन्त्री गगन थापाले पनि प्रायः जसो सबै चुनावी सभामा आपूm प्रधानमन्त्रीको दाबेदार रहेकाले भोट दिन आग्रह गर्दै हिँड्न थालेका छन् ।

यसैगरी कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले पनि प्रधानमन्त्रीमा दाबेदारी पेस गर्दै आइरहेका छन् । शशांकले त नवलपरासी १ मा भोट माग्दै गर्दा आपूm भावी प्रधानमन्त्री भएकाले भोट दिन आग्रह गर्ने गरेका छन् भने शेखरले पनि निकटस्थहरूसँग प्रधानमन्त्रीमा दाबी पेस गर्ने  बताउँदै आइरहेका छन् ।

पार्टीले कुनै निर्णय नगर्दा पनि आफैं प्रधानमन्त्रीको दाबी गर्दै हिँड्ने थापा, शशांक र पौडेलले प्रधानमन्त्री पदलाई चुनाव जित्ने फमुर्ला बनाउन खोजेको भन्दै आलोचना भएको छ । राजधानी दैनिक

यस बिषयमा तपाइको प्रतिक्रिया...!