पोखरामा एक महिलालाई बसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

Posted on: 10 May, 2024

वैशाख २८, पोखरा । पोखराको जिल्ला प्रहरी कार्यालयले सामूहिक बलात्कारको आरोपमा ३ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका ९ स्थायी घर भइ हाल अमरसिंहचोक बस्ने ३६ वर्षीय चन्द्रबहादुर थापा,मादी १२, भगवतीटार घर भएका ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियार रहेका छन् ।

उनीहरुले वैशाख २४ गते राति पोखरा महानगरपालिका–१०, अमरसिंहमा खाजा खान जाने बहानामा ललाइफकाई एक जना महिलालाई अमरसिंहचोककै खेलकुद मैदानमा रहेको ग १ ख ६५९५ नम्बरको बसमा लगेर सामूहिक करणी गरेको आरोप प्रहरीले लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्माले भने, ‘खाजा खान जाम भनेर ललाइफकाई बियरसमेत खुवाएर अमरसिंह मैदानमा पार्किङ गरिराखेको गाडीमा करणी गरेको अवस्था सीआरबीले फेला पारेको हो ।’

प्रहरीका अनुसार उनीहरुलाई वैशाख २५ गते बिहान करिब ४ बजे नियन्त्रणमा लिइएको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कास्कीबाट करणीसम्बन्धी कसूरमा ७ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएसपी शर्माले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!