आफ्नै ‘श्रीमती विक्रिमा’ भन्ने विज्ञापन दिएपछि….

Posted on: 25 May, 2022

जेठ ११, लण्डन | एजेन्सी | एक जना व्यक्तिले ठट्यौली शैलीमा आफ्नै श्रीमती विक्रीमा भएको विज्ञापन अनलाइनमार्फत दिएका छन् । ती व्यक्तिले आफ्नी श्रीमती साथिहरुसंग छुट्टि मनाउन गएको समयमा उक्त कार्य गरेका हुन् ।

ती व्यक्तिको नाम रोबी म्याकमिलन हो । उनी पेशाले डीजेका साथै बार मालिक पनि हुन् । फेसबुकमा श्रीमती साराको फोटो शेयर गर्दै उनले एउटा पोस्ट लेखेका छन् । जसमा उनले सारालाई किन्दाको फाइदा र नोक्सानको बारेमा समेत बताएका छन् ।

रोबीले उक्त पोस्टमा लेखेका छन्– ‘श्रीमती बिक्रिमा । वर्षभरीको क्रममा एभरेज भन्दा बढीको कन्डिसन, अद्भूत हेडलाइट, फ्लिप पेन्टवर्क, जून हप्ताभरी व्हाइट रहन्छ तर वीकेन्डसमा अरेन्ज रंगको हुन्छ । टायरहरु राम्रा छन् । १०० जोर साथमा प्राप्त गर्न सकिन्छ ।’


‘हरेक विहान एक्जस्टबाट दुर्गन्द आउँछ, तर झ्याल खोल्नासाथ दुर्गन्द हट्छ । जब मेरो साथ हुन्छिन्, स–साना आन्तरिक कलह हुन्छ । पछिल्लो महिना त एकदम खराब रह्यो । उनी कोरस लाइट र ककटेल बिना चल्दिनन् । उनलाई टप–अप गरिरहनु भयो भेन ड्रिङ्क्को हरेक गिलासका लागि सुन्दर मुस्कान दिन्छिन्,’ उनले लेखेका छन् ।

यद्यपि, उक्त पोष्टमा लिस्टिङ प्राइस भने छैन । तर पनि केही मानिसले उनको उक्त विज्ञापनका लागि सोधपुछ गरेको रोबी बताउँछन् । रोबी भन्छन् – ‘यो केवल एउटा ठट्टा मात्र हो, हामी दुबै संगै हाँस्छौं । उनी कहिले पनि विक्रिका लागि थिइनन् । उनी त लाखौंमा एक छिन् ।’

‘जब सारा साथीहरुसंग छुट्टि मनाउनका लागि गएकी थिइन् । उनी त्यहाँ ड्रिङ्क्स बनाउन व्यस्त थिइन्, तब मैले केही रमाइलो क्षण बनाउने सोचेँ । हामी २० वर्षदेखि संगै छौं, उनलाई मेरा त्यस्ता पोस्टहरुका बारेमा थाहा छ,’ रोबीले भनेका छन् । र

यो जोडी बेलायतको एसेक्सका बासिन्दा हुन । तर अहिले उनीहरु प्यूर्टो रिको डी गे्रन केनरियामा बसोबास गर्छन् । दुबैका दुई सन्तान पनि छन् । श्रीमान्को पोस्ट देखेर सारा भन्छिन् – ‘उनी एकदम जिद्दी स्वभावका छन् । मैले जब उनको पोस्ट देखें, म धेरै हाँसें, किनभने मलाई उनका यस्ता गतिविधिका बारेमा थाहा छ । उनी एक प्र्यांकस्टार हुन् । हुनसक्छ, त्यो समयमा उनले मलाई धेरै मिस गरिरहेका थिए ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!