युरोपमाथि विजय हासिल गर्नु अमेरिकाको लक्ष्य हो- रुसी विदेशमन्त्री

Posted on: 03 Mar, 2022

फागुन १९, काठमाडौँ । रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभले अमेरिकालाई नेपोलियन र हिटलरसँग तुलना गर्दै भनेका छन्, “विगतमा नेपोलियन र हिटलरको लक्ष्य नै युरोपमाथि विजय हासिल गर्नु थियो । जुन कुरा अहिले अमेरिकाले गरिरहेको छ ।

उनले युक्रेनी सरकार ‘नवनाजी’ सरकार भएको रुसी दाबीलाई पुनः एकचोटि दोहोर्‍याउँदै गिरोहहरूले मारिउपोललगायत सहरहरूमा लुटिरहेको आरोप लगाएका छन् । 

साथै, लाभ्रोभले युक्रेनीहरूले अहिले सर्वसाधारणलाई युद्धमा मानवढालका रूपमा प्रयोग गरिरहेको पनि बताएका छन् ।  लाभ्रोभले अमेरिकाको चलचित्र उद्योग हलिउडको पनि आलोचना गर्दै आएका छन् । खराब चिज मात्र देखाइने पश्चिमी सञ्चारमाध्यमले लेख्ने हलिउड चलचित्र मानिसले हेर्न नहुने उनको भनाइ छ ।

यसैगरी, लाभ्रोभले नेटोले रुसको खर्चमा पश्चिमी सुरक्षा सुदृढ गर्ने प्रयास गरिरहेको पनि आरोप लगाएका छन् ।

जर्मनीको नोर्डस्ट्रिम २ ग्यास पाइपलाइन परियोजना रद्द गर्नुबाटै युरोपेली संघको स्थान छर्लंग भएको छ । यस निर्णय पछाडि पनि अमेरिकाको हात रहेको छ ।” बीबीसीबाट ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!