स्मार्ट फोनको बढ्दो प्रयोग, यसमा रोग उत्पन्न गर्ने ब्याक्टेरिया हुन सक्ने

Posted on: 03 Mar, 2022

फागुन १९, काठमाडौँ । अहिले स्मार्टफोन सबैमा लोकप्रिय बनेको छ । स्मार्ट फोन बिना हामी कुनै पनि काम गर्न नसक्ने भएका छौं । कसैलाई भेट्नु परेमा, सम्पर्क गर्नु परेमा, गेम खेल्नु परेमा, गित सुन्नु या भिडियो हेर्नु परेमा अनि महत्वपूर्ण सुचना तथा जानकारी लिनु परेमा हामी स्मार्ट फोनकै प्रयोग गरिरहेका हुन्छौँ ।

 यसले मानिसको व्यक्तित्वमा पनि प्रभाव पार्दछ । प्रविधिको युग भएकाले यसबाट सयौं उपयोगिता पनि पाउन सकिन्छ । तर कतिपय अवस्थामा यसले स्वास्थ्यमा हानी पार्दछ ।

एक अनुसन्धान अनुसार, स्मार्ट फोनले उपयोगकर्ताको स्वास्थ्यलाई नोक्सान पुर्‍याउन सक्छ । अर्थात स्मार्ट फोनको प्रयोग संक्रमणको खानी हुने देखिएको छ । युनिभर्सिटी अफ सुर्रेका विद्यार्थीहरूले गरेको अनुसन्धान अनुसार स्मार्ट फोनमा स्वास, छाला र खानपानसम्बन्धी रोग उत्पन्न गर्ने ब्याक्टेरिया हुन सक्छ ।

युनिभर्सिटीका विद्यार्थीहरूले आफ्ना मोबाइल फोनहरू पेट्री डिसमा ३ दिनसम्म राखेका थिए । यसपछि गरिएको अध्ययनमा डिसमा विकसित ब्याक्टेरियाहरू फोनहरूमा जम्मा भएका थिए । फोनमा विकसित भएका यस्ता ब्याक्टेरियाहरूमा केही हानिकारक समेत थिए ।

आणविक जीवविज्ञानका वरिष्ठ व्याख्याता डा. साइमन पार्कका अनुसार जसरी यौनसम्पर्क, कफ, पानी, खाना आदिको माध्यमले ब्याक्टेरिया फैलिन्छ, त्यसरी नै स्मार्ट फोनबाट समेत फैलिएको ब्याक्टेरियाले उपयोगकर्तालाई संक्रमणमा पार्न सक्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!