सरकारले ई–७ भिसामा दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्ति पठाउने तयारी

Posted on: 19 Sep, 2023

असोज २, काठमाडौं | सरकारले  ई–७  भिसा  (उच्च  सिपयुक्त  जनशक्ति)मा  नेपाली  श्रमिक  दक्षिण  कोरिया  पठाउन सकिने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा गत साता काठमाडौँमा सम्पन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, श्रम सचिव, परराष्ट्रमन्त्री, परराष्ट्र सचिव र दक्षिण कोरियाका लागि  नेपाली  राजदूतसँग  भएको  छलफलका  व्रmममा सो सम्भावनाबारे बताइएको हो ।

श्रम, रोजगार    तथा    सामाजिक    सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले नेपालबाट  दक्षिण  कोरियामा  उच्च  सिपयुक्त  जनशक्तिको माग भएकाले पठाउन सकिने वा नसकिने  भन्ने  विषयमा  अवधारणापत्र  प्रस्तुुत  गरेका थिए ।  दक्षिण कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलले दक्षिण कोरियामा नेपालबाट उच्च सिपयुक्त जनशक्ति पठाउन सकिने र यसका लागि त्यहाँको मानव संसाधन मन्त्रालयसँग यस विषयमा कुरा गर्ने जानकारी दिए ।

दक्षिण   कोरियामा   उच्च   सिपयुक्त   जनशक्ति कुुन कुुन क्षेत्रमा के कति सङ्ख्यामा पठाउन सकिने सम्भावना रहेको भन्नेबारेमा बुझेर नेपाल  सरकारलाई  जानकारी  गराउने  उनको  भनाइ छ । हाल दक्षिण कोरियामा रोजगार अनुुमति प्रणाली (इपिएस) को माध्यमबाट नेपाली श्रमिक, प्रशिक्षार्थी  श्रमिकका रूपमा र अध्ययन भिसामा नेपाली जाने गरेका छन् । 

सन् २००८ बाट इपिएस प्रणालीबाट दक्षिण कोरिया नेपाली श्रमिक जाने गरेका हुुन् । इपिएस प्रणाली अन्तर्गत अहिलेसम्म एक लाख बढी नेपाली श्रमिक दक्षिण कोरिया पुुगेका छन् । गत आर्थिक वर्ष मात्रै लगभग २१ हजार नेपाली इपिएसबाट दक्षिण कोरिया पुुगेको वैदेशिक रोजगार  विभाग  अन्तर्गत  इपिएस  शाखाले  जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!