कपिलवस्तुमा पिकअप भ्यानबाट खसेर एकजनाको मृत्यु

Posted on: 04 Oct, 2024

असोज १८, काठमाडौँ | कपिलवस्तुको वाणगंगा नगरपालिका–६ मा बोलेर पिकअपबाट खसेर एक जनाको मृत्यु भएको छ। 

मनहरापुरस्थित सडकमा लक्ष्मणघाटबाट सिमलखोरतर्फ जाँदै गरेको लु १ च ६०१९ नम्बरको बोलेरो पिकअपबाट खसेर सवार सोही नगरपालिका–५ सिमलखोर बस्ने ४५ वर्षीय बाबुराम थारूको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार दिउँसो उक्त पिकअपबाट खसेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।

पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!