पहिरोका कारण देशभर ३६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध (हेर्नुहोस् विवरण)

Posted on: 06 Jul, 2024

असार २२, काठमाडौँ | भारी वर्षाका कारण उत्पन्न बाढी र पहिरोका कारण देशभर ३६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल प्रहरीले बाढी पहिरोका कारण बाटो अवरोध सम्बन्धी विवरण सार्वजनिक गर्दै बाढी पहिरोका कारण ३६ वटा सडक खण्डमा सवारी आवागमन ठप्प भएको जानकारी दिएको हो ।

नेपाल प्रहरीको विवरण अनुसार काठमाडौं हेटौडा जाने वैकल्पिक राजमार्गको रूपमा रहेको कान्ति लोकपथ पहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको छ । कोशीको दक्षिण कोशी मार्ग र कोशी मार्गमा पनि यातायात ठप्प छ । तनहुँको आवुखैरेनीमा पहिरोका कारण पृथ्वीराजमार्गमा अवरुद्ध भएको छ । 

यस्तै सिन्धुलीको सुनकोशी गाउँपालिका २ मा गएको पहिरोका कारण बीपी राजमार्ग पूर्णरुपमा बन्द भएको छ । काभ्रेको रोशी गाउँपालिका ८ नर्केमा भएको अवरोधका कारण बीपी राजमार्ग खण्ड बन्द भएको छ । 

हेर्नुहोस् विवरण :



यस बिषयमा तपाइको प्रतिक्रिया...!