ओलीको निवासमा सुरक्षार्थ खटिएका सुरक्षा अधिकृत इन्स्पेक्टर थापाको मृत्यु

Posted on: 06 Jul, 2024

असार २२, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरक्षार्थ खटिएका सुरक्षा अधिकृत इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । थापा सशस्त्र प्रहरी बलका इन्स्पेक्टर हुन् । आज बिहान ५ बजे भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा सुतिरहेकै ठाउँमा हृदयघात भएपछि अस्पताल लगिएको थियो । भक्तपुर अस्पतालमा उपचारको क्रममा उनको  मृत्यु भएको सशस्त्र प्रहरी बलका एकजना अधिकृतले बताए । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

उनको शव पोष्टमार्टम गरेर आजनै दाहसंस्कार गरिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!