विदेश जान नपाएपछि शंखमुलको पुलबाट हामफाल्ने प्रयास

Posted on: 04 Jul, 2024

असार २०, काठमाडौँ । काठमाडौँ र ललितपुरको सीमामा पर्ने शंखमुलको पुलबाट हामफाल्न खोजेका एक युवालाई प्रहरीले उद्धार गरेको छ। विभिन्न कारणले विदेश जाने प्रक्रिया सफल हुन नकसेपछि उनले पुलबाट हामफाल्ने प्रयास गरेको प्रहरीले जनाएको छ । 

कपडा खोजेर पुलबाट बागमती पुलमा हामफाल्न लागेका उनलाई बिहीबार ललितपुर प्रहरीले उद्धार गरेको हो । 

मकवानपुर घर भइ ललितपुर महानगरपालिका–१७ मा बस्दै आएका ती युवकलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको ललितपुर परिसरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले  जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!