१०/१२ दिनदेखि बन्धक बनाएर बलात्कार गरेको आरोपमा चन्द्रागिरिबाट युवक पक्राउ

Posted on: 04 Jul, 2024

असार २०, काठमाडौँ । चन्द्रागिरि नगरपालिका-१२ मा एक १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

बलात्कारको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई राति पक्राउ गरेको छ ।

मगरले ती किशोरीलाई विगत १०/१२ दिनदेखि बन्धक बनाइए बलात्कार गरेको भन्ने उजुरी परेपछि प्रहरी प्रभाग बलम्बुको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मगरविरुद्ध बलात्कार कसुरमा अनुसन्धान अघि बढाइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!