किन मैदानमै मास्क लगाएर खेल्दैछन् वेस्ट इन्डिजका केही खेलाडी?

Posted on: 01 May, 2024

वैशाख १९,  काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध अहिले फिल्डिङ गरिरहेको वेस्ट इन्डिज ‘ए’का केही खेलाडीहरू मास्क लगाएर खेलिरहेका छन् ।


वेस्ट इन्डिज ‘ए’का ५ जना खेलाडीले मास्क लगाएर फिल्डिङ गरिरहेको देखिन्छ । नेपाललाई २ सय २८ रनको लक्ष्य दिएको वेस्ट इन्डिजका विकेटकिपर आन्द्रे फ्लेचर, किमो पल, गुणाकेस मोटी, फाबियान आलेन र ओबेड म्याकोउले मास्क लगाएका छन् ।

अन्य ६ जना भने मास्क नलगाई खेलिरहेका छन् । अहिले त्यस क्षेत्रमा हावा चलिरहेको र धुलो पनि उडिरहेकाले उनीहरूले मास्क लगाएको हुन सक्ने अनुमान गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!