वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

Posted on: 28 Apr, 2024

बैशाख १६, काठमाडौँ । दोस्रो टी-२० खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको छ ।

वेष्ट इन्डिज ‘ए’ ले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो ।


नेपालका लागि कप्तान रोहित पौडेलले ७१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन ।

लोकेश बम १७, कुशल भुर्तेल २, गुल्सन झा २६, दीपेन्द्रसिंह ऐरी ३, आरिफ शेख १२, सोमपाल कामी ३, अनिलकुमार शाह एक र कुशल मल्ल शुन्य रनमा आउट भए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!