क्रिकेट खेल्ने क्रममा क्रिकेट बलले लाग्दा ११ वर्षीय बालकको मृत्यु

Posted on: 06 May, 2024

छिमेकी मुलुक भारतको पुनेमा आफ्ना साथीहरूसँग क्रिकेट खेल्ने क्रममा क्रिकेट बलले गुप्ताङ्गमा लागेपछि ११ वर्षीय बालकको मृत्यु भएको छ । 

भारतीय सञ्चार माध्यमहरूको अनुसार यो सम्पूर्ण घटना सीसीटीभीमा रेकर्ड समेत भएको छ ।


रिपोर्टका अनुसार मृतक बालक शौर्यले बलिङ गरिरहेका बेला ब्याट्सम्यानले बल सिधै उनीतर्फ हानेका थिए । बलले शौर्यको गुप्तांगमा लाग्दा उनी भुइँमा ढलेक थिए।

घटना लगत्तै उनका साथीहरू उनीतिर दौडिए र उनीहरूमध्ये एकले उनलाई पुनर्जीवित गर्ने प्रयाससमेत गरे। 

शौर्यलाई तत्कालै नजिकैको एक निजी अस्पतालमा लगिएको र त्यहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!