८ सैनिकको मृत्युपछि भी–२२ ओस्प्रे विमानका सबै फ्लिटलाई ग्राउन्डेड गर्दै अमेरिकी सेना

Posted on: 07 Dec, 2023

एजेन्सी | अमेरिकी सेनाले आफ्नो  सीभी–२२ ओस्प्रे विमानको सम्पूर्ण फ्लिटलाई ग्राउन्डिङ गर्न थालेको छ। वायु सेनाको सो विमान जापानको तटमा दुर्घटनाग्रस्त हुँदा त्यसमा रहेका ८ जना सैनिकको मृत्यु भएको १ हप्तापछि भी २२ ओस्प्रेका सबै फ्लिलाई ग्राउन्डिङ गर्न लागिएको हो। 

युएस एयर फोर्स स्पेशल अपरेशन कमाण्डले विज्ञप्ति जारी गर्दै यसका कमाण्डर टोनी बाउर्नफेन्डले नोभेम्बर २९ को तटमा सीभी-२२ ओस्प्रेको दुर्घटनाबारे ‘अनुसन्धान जारी रहँदा जोखिम न्यूनीकरण गर्न’ स्ट्यान्डडाउनको निर्देशन दिइएको जनाएको छ। 

गत हप्ता दक्षिणी जापानको याकुसिमा टापुमा सो विमान दुर्घटना हुँदा त्यसमा सवार ८ जना चालक दलका सदस्यहरू मारिएका थिए। मारिने ती सबै एएफएसओसीका सैनिक थिए।

विज्ञप्तिमा भनिएको छ- प्रारम्भिक अनुसन्धानले सम्भावित उपलब्ध सामग्रीको विफलताले दुर्घटना निम्तिएको जनाएको छ। तर यसबारे वास्तविक कारण अझै पत्ता लागेको छैन।

यस बिषयमा तपाइको प्रतिक्रिया...!