चिर्पट प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ

Posted on: 01 Dec, 2023

मङ्सिर १५, काठमाडौँ | बुबाको हत्या गरेको अभियोगमा प्रहरीले ४० वर्षीय छोरालाई पक्राउ गरेको छ । बुबा ६५ वर्षीय छेवाङ तामाङको हत्या गरेको अभियगमा गोसाइँकुण्ड गाउँपालिका–५ सानो भार्खु बस्ने गोपाल तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

गोपालले मादक पदार्थ सेवन गरी चिर्पट प्रहार गर्दा छेवाङ गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी स्याफ्रुवेशीबाट खटिएको प्रहरीले गोपाललाई पक्राउ गरेको हो । गम्भीर घाइते छेवाङको जिल्ला अस्पताल धुन्चेमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!